• ७ वैशाख २०८१, शुक्रबार

सार्वजनिक-निजी साझेदारीमा दोलखा र बनेपामा इन्डोर फिल्म स्टुडियो बनाइने

blog

काठमाडौं, जेठ १५ गते । नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने सरकारले घोषणा गरेको छ । 

आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक निजी साझेदारीमा दोलखा र काभ्रेको बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाइने बताउनुभएको हो । 

नेपालमा चलचित्र पर्यटनको विकास गर्ने उद्देश्यले ती फिल्म स्टुडियो निर्माण गर्ने समेत उहाँले बताउनुभयो । 

यस्तै, साहसिक पर्यटन तथा चलचित्र पर्यटनको प्रवर्द्धन र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने उल्लेख गरिएको छ ।