• २४ वैशाख २०८१, सोमबार

सुमन र मन्जुलाई एभरेस्ट म्याराथन उपाधि

blog

एभरेस्ट म्याराथन विजेता सुमन कुलुङ राई ।

काठमाडौं, जेठ १५ गते । १९औ तेन्जिङ हिलारी एभरेस्ट म्याराथन (४२ किमी) पुरुषतर्फको उपाधी सुमन कुलुङ राई र महिलातर्फ मन्जु रावतले जित्नुभएको छ । 

सगरमाथा आधार शिविरदेखि नाम्चे बजारसम्मको दुरी सुमनले ३ घन्टा ४८ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै उपाधि जित्नुभएको हो । महिलामा मन्जुले ५ घन्टा २८ मिनेटमा दुरी पूरा गर्नुभयो  । उपाधि विजेतादुवैले एक लाख ५० हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

पुरुषमा दलबहादुर कुवर दोस्रो र उमेश राई तेस्रो हुनुभयो । अस्ट्रेलियाकि इमा विलियम्स दोस्रो र रसियाकी एलेक्सजेन्डर बुर्त्सेभ तेस्रो हुनुभयो । दुवैतर्फ दोस्रोलाई ८५ हजार र तेस्रोलाई ७५ हजार रुपियाँ पुरस्कार प्रदान गरियो । 

२१ किमी हाफ म्याराथनको महिला खुलातर्फ भारतकी सम्झना राई पहिलो, अष्ट्रेलियाकी इम्मा विलियम्स दोस्रो । रसियाकी एलेक्सजेन्डर बुर्त्सेभ तेस्रो हुनुभयो । अल्ट्रा म्याराथनतर्फको उपाधि तीर्थबहादुर तामाङले जित्नुभयो । तिलकबहादुर सुनुवार दोस्रो र  किरण कुलुङ तेस्रो हुनुभयो ।