• १५ वैशाख २०८१, शनिबार

रारामा तेस्रो म्याराथन प्रतियोगिता हुँदै

blog

हरिकृष्ण ऐडी

मुगु, जेठ १५ गते । मुगुको रारामा तेस्रो म्याराथन दौड प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा जेठ २० गते म्याराथन हुने गुल्मले जनाएको छ ।

गुल्मका गुल्मपति  डोलराज श्रेष्ठले म्याराथनमा सहभागी हुने खेलाडीले जेठ १८ सम्म श्रीबक्स गुल्म रारा हुटुको कार्यालयमा आफ्नो नाम दर्ता गराइसक्नुपर्ने बताउनुभयो । प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने, रारा तालको पर्यटन प्रवर्द्धन गर्नमा र राराको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागिएको श्रेष्ठले बताउनुभयो । 

दौडमा सहभागी हुने खेलाडीले राराताल वरिपरि  १६ किलोमिटर म्याराथन दौडको प्रतियोगिता राखिएको छ । दुई हजार ९८० मिटरको उचाइमा रहेको रारामा दौड प्रतियोगिता गर्न सकिन्छ भन्ने उद्देश्यले म्याराथन दौड राखिएको गुल्मपतीको भनाइ छ ।

प्रतियोगिताको विजेतालाई ४० हजार, उपविजेतालाई ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै सहभागी सबै खेलाडीलाई टिसर्ट, खाना र प्रमाणपत्रको व्यवस्था गरिएको गुल्मपति श्रेष्ठले बताउनुभयो ।