• १२ साउन २०८१, शनिबार

परिवर्तन प्रतिको तीव्र आकांक्षाको यथोचित सम्बोधन गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना

blog

काठमाडौँ, जेठ १५ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकको परिवर्तन प्रतिको तीव्र आकाक्षाकाे यथोचित सम्बोधन गर्न आग्रह गर्नुभएको छ । 

गणतन्त्र दिवसको अवरमा शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष तिमिल्सिनाले जनअपेक्षा अनुरूप सुशासन र शासकीय प्रणाली सञ्चालन हुन नसक्दा परिवर्तन प्रति नै वितृष्णा पैदा गर्ने आवाजहरू सुनिन थालेका कारण नागरिकको परिवर्तन प्रतिको तीव्र आकांक्षालाई सम्बोधन गर्न आग्रह गर्नुभएको हो । 

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनको १५ वर्ष व्यतीत भइसकेको छ, जनअपेक्षा अनुरूप सुशासन र शासकीय क्रियाकलाप सञ्चालन हुन नसक्दा सरकार तथा सिङ्गो राजनीतिक प्रणालीप्रति नै वितृष्णा पैदा गर्ने आवाजहरू पनि सुनिन थालेका छन्।’ अध्यक्ष तिमिल्सिनाले शुभकामना सन्देशमा भन्नुभएको छ , ‘नागरिकको परिवर्तनप्रतिको तीव्र आकांक्षाको यथोचित सम्बोधन, उपलब्ध सधान र स्रोतको उच्चतम परिचालन, मौलिक अधिकारको कार्यान्वयन एवं न्यायपूर्ण र समतामूलक राष्ट्र निर्माणमा तीन तहका सरकार, सम्पूर्ण राजनीतिक दल, कर्मचारीतन्त्र, नागरिक समाज तथा सम्र्पूा सरोकारवालाहरू सृजनशील रूपमा क्रियाशील रहन विशेष आग्रह गर्दछु।’

अध्यक्ष तिमिल्सिनाले नेपालमा गणतन्त्र स्थापनाले सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा स्थापित गरेको बताउँदै  जनताबाट निर्वाचित प्रतिनिधिमार्फत शासन सञ्चालन हुने यो व्यवस्था आफैँमा एक उन्नत राजनीतिक प्रणाली हो भन्नुभएको छ। 

उहाँले नेपालको संविधानले बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, बालिक मताधिकार, आवधिक निर्वाचन, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य एवं सबै प्रकारका विभेद तथा भेदभावको अन्त्य गर्दै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र निर्माण गर्ने परिकल्पना गरेको पनि शुभकामना सन्देशमा उल्ले उल्लेख गर्नुभएको छ । संविधानका यिनै विशेषताहरूको पूर्णतः कार्यान्वयनमार्फत जनताको जीवनमा सार्थक परिवर्तन ल्याई नेपाललाई समृद्ध राष्ट्रको रूपमा अगाडी बढाउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न गणतन्त्र दिवसले सबैलाई उत्साह र प्रेरणा प्रदान गर्ने विश्वास लिएको भनाई अध्यक्ष तिमिल्सिनाको छ ।