• १३ वैशाख २०८१, बिहिबार

नेपाली भूमि फिर्ता लिनेबारे भारत भ्रमणमा छलफल हुन्छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं, जेठ १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका बेला लिपुलेक, कालापानीलगायतका नेपाली भूमि फिर्ता लिनेबारे उपयुक्त तरिकाले छलफल गर्ने बताउनु भएको छ ।

नेपालको सीमा सुरक्षाबारे आफूले भारत भ्रमणको क्रममा गम्भीरतापूर्वक छलफल गर्न ध्यान दिने प्रधानमन्त्री दाहालको प्रतिवद्धता छ । 

शनिबार सांसदहरुले सोधेका स्पष्टीकरणबारे जवाफ दिने क्रममा उहाँले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे नयाँ समझदारी हुने विश्वास समेत व्यक्त गर्नु भयो । 

उहाँले आफ्नो भारत भ्रमणमा सार्क बैठकलाई सुचारु गर्ने विषयमा पनि छलफल गर्ने बताउनु भयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘सार्क बैठकको बारेमा छलफल चलिराखेको छ । यो विषयमा मेरो गम्भीररुपले ध्यान छ । यी विषय उपयुक्त तरिकाले छलफलमा जान्छन् । पञ्चेश्वर परियोजना अघि बढाउने बारे एउटा नयाँ समझदारी हुन्छ भन्ने मेरो विश्वास छ र निकै सकारात्मक ढंगले छलफल चलिराखेको छ ।’’

प्रधानमन्त्री दाहालले दुई वर्षभित्र भूमिसम्बन्धी समस्या समाधान गर्ने आश्वासन पनि दिनुभयो ।