लीलाराज खड्का
बिर्तामोड, जेठ १३ गते । झापाको धार्मिक पर्यटकीय क्षेत्र सताक्षीधामको झर्नामा पौडी खेल्नेक्रममा डुबेर एक युवकको मृत्यु भएको छ । कमल गाउँपालिका –५ का १९ वर्षीय निश्चय भण्डारीको पौडी खेल्नेक्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
माथिल्लो झरनाको दहमा पौडी खेल्नेक्रममा शनिवार दिउँसो करिब १२ बजेतिर डुबेर भण्डारीको मृत्यु भएको हो । झर्नामा डुबेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिवार भण्डारी आफ्ना साथीहरूसँग सताक्षीधाम क्षेत्रमा घुम्न आएका थिए । धामबाट करिब १ किलोमिटरको दूरीमा रहेको इलामको माई नगरपालिका –८ को माथिल्लो झरनामा शनिवार मध्यान्ह १२ बजे पौडी खेल्न दहमा जानुभएको थियो ।