• १७ पुस २०८१, बुधबार

प्रतिनिधि सभाको अर्को बैठक शनिबार दिउँसो ४ बजे बस्ने

blog

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा आफ्नो स्थानबाट उठेर संसद बैठक अवरुद्ध गर्दै नेकपा (एमाले)का सांसदहरु । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं, जेठ १२ गते । शुक्रबार साँझ ६ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक शनिबार दिउँसो ४ बजे मात्र बस्ने भएको छ । संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार विशेष कारण बैठक बस्ने दिन र समय परिवर्तन भएको हो । 

प्रतिनिधिसभाको २० मिनेटका लागि आजलाई स्थगित गरिएको बैठक आजै साँझ ६ बजे बस्ने भएको थियो । यसअघि दिउँसो ३ बजे बस्ने भनी निर्धारण गरिएको बैठक पुनःअर्को सूचना टाँस गरी ६ बजेका लागि निर्धारण गरिएको थियो ।

प्रतनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरुद्ध गरेपछि अपराह्न १२ः४५ बजे २० मिनेटका लागि स्थगित गरिएको थियो । सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी विशेष कारणवश बैठक बस्ने समय परिवर्तन भएको जनाएको थियो ।

शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले बैठकको प्रारम्भमै आसनबाट उभिएर पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए । 

बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले आप्mना पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनुभएका बेला पशुपतिनाथको जलहरीमा सुनको सट्टा पित्तल लगाइएको र भ्रष्टाचार भएको भनी हो नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसबारे सरकारको स्पष्ट जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताउनुभएको थियो ।

सभामुख घिमिरेले आसनग्रहण गर्न पटकपटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदले रोष्ट्रम घेराउ गर्नुका साथै नाराबाजी गर्नुभएको थियो ।

करिब पाँच मिनेटको नाराबाजीपछि पनि सभामुखको आग्रह सुनुवाइ नभएपछि उहाँले बैठक २० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । पुनः बैठक बस्नका लागि दलहरुबीच छलफल भएपनि सहमति हुन नसकेपछि बैठक शनिबारसम्मका लागि स्थगित भएको हो ।