• १५ चैत २०८०, बिहिबार

केन्द्रीय बैङ्कले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

blog

नेपाल राष्ट्र बैंक ।

काठमाडौं, जेठ १२ गते । नेपाल राष्ट्र बैङ्कले २९ अर्ब १३ करोड रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैङ्कले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

यही जेठ १४ गते आइतबार बोलकबोल गरिने जनाइएको छ । यसअघि यही जेठ ८ गते पनि केन्द्रीय बैङ्कले ३४ अर्ब २० करोड रुपियाँ बराबरको ट्रेजरी बिलको बोलकबोल प्रक्रियामार्फत बिक्री गरेको थियो । पछिल्लो पटक बिक्री गर्न लागिएको ट्रेजरी बिल २८ दिने अवधिदेखि ३६४ दिने अवधिसम्मको छन् । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैङ्कले उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

केन्द्रीय बैङ्कका अनुसार हाल ट्रेजरी बिलको अल्पकालीन ब्याज सात दशमलव ९१ प्रतिशत बराबर रहेको छ । यस्तै, तीन सय ६४ दिनको ब्याज भने आठ दशमलव ८० प्रतिशत बराबर छ । अन्तर बैङ्क ब्याजदर भने सात प्रतिशत बराबर छ । रासस