काठमाडौँ, जेठ ११ गते । मिलन चाम्सले निर्देशन गरेको नेपाली चलचित्र ‘गोर्खा वारियर’ को प्रिमियर लन्डनमा हुने भएको छ । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै लन्डनको ‘आइम्याक्स सिनेवल्र्ड’ मा आगामी सेप्टेम्बर १० मा प्रिमियर आयोजना गरिने जानकारी गराइएको छ ।
सन् १९४९ को ‘मलाया इमर्जेन्सी जङ्गल वारमा गोर्खा सैनिकको साहसिक युद्ध कथालाई चलचित्रमा उतारिएको छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा चलचित्र रिलिज हुँदै छ ।
लन्डनपछि सिङ्गापुर, हङकङलगायतका अन्य केही देशमा प्रिमियरका लागि तयार भएको चलचित्रको नेपालमा भने कहिले रिलिज हुन्छ भने टुङ्गो लागिसकेको छैन ।
चलचित्रबाट रितेश चाम्सले अभिनयमा डेब्यु गर्नुभएको छ । साथमा विजय लामा, रेबिका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरूप घले, सारा राईलगायतका कलाकारको अभिनय छ ।