• १३ साउन २०८१, आइतबार

मधेश सरकारमा तीन मन्त्री थपिँदै

blog

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश प्रदेश । तस्बिर: गोरखापत्र

जनकपुरधाम, जेठ ९ गते । मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको मधेश प्रदेश सरकारले आज (मङ्गलबार) मन्त्रीमण्डल विस्तार गर्ने भएको छ । नेपाली कांग्रेसका दुई र नेकपा एसका एक मन्त्रीसहित मन्त्रीमण्डल विस्तार हुने भएको हो । 

नवनियुक्त मन्त्रीहरूले आजै दिउँसो ११ बजे शपथ लिने तयारी समेत भइरहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । नेकपा एमालेले समर्थन फिर्ता लिएपछि खाली रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा कांग्रेसका संसदीय दलका नेता समेत रहनु भएका कृष्णकुमार यादव र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी कांग्रेसकै वीरेन्द्र सिंहलाई दिने तयारी भइरहेको नेपाली कांग्रेस मधेश प्रदेशका सूचना तथा सञ्चार विभागका प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिनुभयो । 

यस्तै, नेकपा एसका गोविन्दबहादुर न्यौपाने पनि आज हुने मन्त्री मण्डलबाट मधेश सरकारमा सहभागी हुन लाग्नु भएको छ । उहाँलाई भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको स्वयम न्यौपानेले नै जानकारी दिनुभयो । 

यसअघि कृषि मन्त्रालयमा जनमतका इन्जिनियर वसन्त कुशवाहाले जिम्मेवारी सम्हालिरहनु भएको थियो । लोकतान्त्रिक समाजवादी पार्टीले भने कुन मन्त्रालय पाउने भन्ने खुलेको छैन । 

यसअघि मधेस सरकारमा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत र नेकपा माओवादी केन्द्र भएका थिए । 

Author

लक्ष्मी चौधरी