• १३ साउन २०८१, आइतबार

दाङको देउखुरीमा दुर्घटना एकको मृत्यु, ११ जना घाइते

blog

पूर्व–पश्चिम राजमार्गअन्तर्गत देउखुरीमा आज बिहान दुर्घटनामा परेका बस । तस्बिर: गोरखापत्र

घोराही, जेठ ५ गते । दाङको देउखुरीमा आज बिहान दुई बस एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ११ जना बढी घाइते भएका छन् । दुर्घटना बिहान करिब ५:३० बजेको समयमा भएको थियो ।

मृत्यु हुनेमा रोल्पा रुन्टीगढी ७ निवासी ४२ वर्षीया  शोभा परियार रहनुभएको प्रहरीले जानकारी दिएको छ। शोभाका दुई छोरा पनि दुर्घटना घाइते भएका छन् ।लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका(३ फल्कापुरमा एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभएको छ ।

बारा जिल्लाबाट इँटा भट्टामा काम गरेर घर रोल्पा फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते हुनुभएको छ । दुर्घटनामा करिब दुई दर्जन बढी घाइते भएका छन् ती मध्ये ११ जनाको अवस्था गम्भीर रहेको दाङ प्रहरीले बताएको छ ।

घाइतेहरूलाई उपचारका लागि बुटवल र नेपालगन्ज रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिनुभएको छ ।