तेहरान, जेठ २ गते । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार तुर्किएको राष्ट्रपति र संसदीय निर्वाचनमा भएको उच्च मतदानलाई ‘लोकतन्त्रको विजयको सङ्केत’ भएको बताउनुभएको छ ।
आइतबारको चुनावमा टर्कीका नागरिकहरूको व्यापक सहभागितामा बारे टिप्पणी गर्दै मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा कनानीले सो टिप्पणी गर्नु भएको हो ।
उहाँले टर्कीका जनता, निर्वाचनका आयोजकहरू, नेताहरू र राजनीतिक दलहरूलाई मतदानको सफल आयोजना गरी लोकतान्त्रिक गतिविधिको सुदृढ पार्दै ‘लोकतन्त्रको विजय’ गराएकामा बधाई दिनुभएको छ ।
तुर्किएको पहिलो चरणको राष्ट्रपतीय र संसदीय चुनावमा मतदान गर्न लगभग ६ करोड मतदाताहरू दर्ता भएका छन् । विदेशमा रहेका करिब ३५ लाख मतदातालाई अग्रिम भोट हाल्न आह्वान गरिएको छ । झण्डै ८० प्रतिशत बढी मतदान भएको थियो । रासस/सिन्ह्वा