• ९ मंसिर २०८१, आइतबार

केन्याले सोमालियासँगको सीमा ३० दिनभित्र खोल्ने

blog

नैरोबी, जेठ २ गते । केन्या र सोमालियाले ११ वर्षदेखि बन्द रहेको आफ्नो सीमा नाका पुनः खोल्न सोमबार सहमत भएका छन् । आन्तरिक र राष्ट्रिय प्रशासन मन्त्रालयका क्याबिनेट सचिव किथुरे किन्डिकीले पत्रकारहरूलाई दिएको जानकारी हनुसार मन्डेरा काउन्टीका सिमानाहरू आगामी ३० दिन भित्र खोलिनेछ ।

त्यसैगरी गारिसा काउन्टीको लिबोई र दक्षिणी सोमालियाको रास कम्बोनी अर्को ६० दिनभित्र खोलिनेछ । त्यसैगरी अन्य नाकाहरी पनि क्रमशः खोलिनेछ । सोमालियाका आन्तरिक सुरक्षा मन्त्री मोहम्मद अहमद शेख अलीसँग द्विपक्षीय वार्ता गरेपछि किन्डिकीले भन्नु भएको छ, ‘हामी सोमालियामा प्रवेश गर्ने अर्को सिमाना खोल्ने सम्भावनालाई पनि पुनर्विचार गर्ने प्रक्रियामा छौँ ।’

केन्याले सन् २०१२ मा अल–शबाब आतङ्कवादी समूहबाट बढेको आतङ्ककारी हमलापछि सोमालियासँगको आफ्नो सीमा बन्द गरेको थियो । जनताको आवतजावतलाई हज बनाउन र वस्तु तथा सेवाको व्यापार बढाउन दुवै देशबीच साझा सीमा पुनः खोल्ने सहमति भएको अलीले बताउनुभएको छ । साझा सिमानाका आसपासका समुदायले भोग्नुपरेको चुनौती एउटै देशले सम्बोधन गर्न नसक्ने गरी जटिल रहेको पनि उहाँले बताउनुभएको छ । रासस/सिन्ह्वा