बाबुराम शर्मा
दोलखा, वैशाख २२ गते । पद्यवर्ण बुद्धविहार दोलखाको आयोजनामा विभिन्न कार्यक्रमसहित भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखामा त्रिदिवसीय २५६७ औ बुद्ध जयन्ती भव्य रुपमा मनाइको छ ।
मानवमात्रका लागि सुख र शान्तिको जीवन बिताउन र भगवान बुद्धले दिनुभएको अनुपम शिक्षाका लागि उहाँप्रति कृतज्ञता चढाउन उहाँका शिक्षाबाट हामी आफूलाई पुनर्ताजगी गर्ने तथा यसको प्रचारप्रसार गरेर संसारकै मानिसलाई लाभान्वित गराऔँ भनेर प्रतिज्ञा गर्ने पावन अवसरको अन्तिम दिन आज बुद्धको मूर्ति बजार परिक्रमा गरी विहारमा लगिएको बुद्ध विहार दोलखाका अध्यक्ष सुनील मास्केले जानकारी दिनुभयो ।
नगर परिक्रममा सबैभन्दा अग्र पङ्तिमा बुद्ध भजन टोली, त्यसपछि बुद्ध प्रतिमा, स्थानीय लोकबाजा, लोक धुन, भिक्षु लामा गुरु, सर्वसाधारण ( बौद्ध झण्डा,बुद्ध उपदेशहरुसहित ) को लामावद्ध उपस्थिति रहेको थियो ।
नगर परिक्रमापश्चात् चैत्यमा पुगी बुद्ध प्रसाद ग्रहण, त्यसपछि रथसहित पद्यवर्णमा पुगेर नगरप्रमुखबाट बुद्ध जयत्नीको महत्वबारे प्रकाश पारी आउँदो वर्ष पनि भव्य तथा हर्षोउल्लासकापूर्वक मनाउने जानकारी गराएपछि समारोह सम्पन्न भएको छ ।