• ८ मंसिर २०८१, शनिबार

फुटबल टोलीको रणनीतिक प्रशिक्षण हुने

blog

फुटबल टोली । तस्बिर : एन्फा

काठमाडौं, वैशाख १५ गते । नेपाली राष्ट्रिय फुटबल टोलीको रणनीतिक प्रशिक्षण (ट्याक्टिल ट्रेनिङ) सोमबार हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतमा २१ जुन देखि ३ जुलाईसम्म आयोजना हुने १४औँ साफ च्याम्पियनसिपको तयारीका लागि खेलाडीको रणनीतिक प्रशिक्षण गर्न लागेको हो ।

खेलाडीलाई टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले रणनीतिक प्रशिक्षण गराउने एन्फाले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रणनीतिक प्रशिक्षणका लागि २८ खेलाडीलाई बोलाइएको छ । यसअघि एन्फाले दुई साताअघि पनि खेलाडीको रणनीतिक प्रशिक्षण गरेको थियो ।

दशरथ रङ्गशालामा हुने प्रशिक्षणका लागि डाकिएका खेलाडीहरूमा गोलरक्षकमा किरण चेम्जोङ, अनिश देउला र दीप कार्की हुनुहुन्छ ।

रक्षकमा सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा र अन्जन महर्जन हुनुहुन्छ ।

यस्तै, मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, दिपेश गुरुङ, सुदीप गुरुङ, लाकेन लिम्बु र आभास लामिछाने हुनुहुन्छ ।

स्ट्राईकरमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्तीमगर र जिलेस्पी जङ्ग कार्की हुनुहुन्छ ।