• १३ साउन २०८१, आइतबार

नेपालयको दुई पुस्तक

blog

काठमाडौँ, वैशाख १३ गते । नेपालयले कविता र लघुकथाका दुईवटा कृति तयार पारेको छ । पहिलो पुस्तक कविता सङ्ग्रह ‘ओ पेङ्दोर्जे’ हो । युवा कवि राजु स्याङ्तानले लेखेका कविताको सङ्ग्रहभित्र छवटा फरक खण्ड छन् भने तिनमा ५१ वटा कविता अटाएका छन् ।

यसैगरी साहित्यकार हिरण्य भोजपुरेको लघुकथा सङ्ग्रह ‘मुसुक्क म’ पनि तयार भएको छ । पुस्तकमा सयवटाभन्दा बढी लघुकथा छन् । तीमध्ये अधिकांश कथा एउटै पानामा सकिएका छन् ।