• १३ असोज २०८१, आइतबार

लिड्सविरुद्ध लिभरपुलको गोल वर्षा

blog

लिड्सविरुद्ध गोल गर्दै लिभरपुलका मोहमद सलाह । तस्बिर : एएफपी

काठमाडौं, वैशाख ५ गते । इङ्लिस प्रिमियर लिगमा लिभरपुलले लिड्सको पोस्टमा गोल वर्षा गरेको छ । सोमबार राति भएको खेलमा लिभरपलले लिड्सलाई उसैको मैदामा ६-१ गोलले हरायो ।

एकपक्षीय खेलमा लिभरपललाई जिताउ डिओगो जोटा र मोहमद सलाहले दुई दुई तथा कोडी गाक्पो र ड्राविन नुनेजले एक एक गोल गर्नुभयो । लिड्सका लुइस सिनिस्टेराले सान्त्वना गोल फर्काउनुभयो । 

पहिलो हाफमा दुई गोल गरेको लिभरपुलले दोस्रो हाफमा चार गोल थपेको थियो । गाक्पोले ३५औँ मिनेटमा गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभएको थियो । सलाहले ३९औँ र ६४औँ मिनेटमा गोल गर्नुभयो ।

जोटाले ५२औँ र ७३औँ मिनेटमा गोल गर्नुभयो । ९०औँ मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई सजिलै जिताउनुभयो । लिड्सका लुइसले ४७औँ मिनेटमा एक गोल फर्काउनुभएको थियो ।

जितसँगै ३० खेलबाट ४७ अङ्क बनाएको लिभरपुल आठौँ स्थानमा उक्लिएको छ । पराजित लिड्स २९ अङ्कसहित १६औँ स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनलको ७४ र तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५९ अङ्क छ । एजेन्सी