• ७ वैशाख २०८२, आइतबार

ज्यान लिने हर्ट अट्याक गन तपाईं कति जोखिममा

blog

अमेरिकाको गुप्तचर संस्था ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’ (सीआईए) वर्षौंदेखि केही अनौठा र असामान्य योजना संलग्न रहेको छ तर हृदयाघात गराउने बन्दुक (हर्ट अट्याक गन) निकै चर्चाको विषय रह्यो। 

कुरा कस्तो चलेको थियो भने सीआईएले यस्तो हतियार बनाएको छ जसले टाढैबाट लक्षित व्यक्तिमा हृदयाघात गराउन सक्छ। के उनीहरूले त्यस्तो गरे ? वा यो एक अर्को षडयन्त्रकारी सिद्धान्त मात्र हो ?

आऔँ प्रमाणहरूलाई नजिकबाट हेरौँ तथा त्यसका आधारमा निर्धारण गरौँ सीआईएले हृदयाघात सिर्जना गर्ने बन्दुक के साँच्चै बनाएको थियो। 

इन्टरनेटमा यस्तो षडयन्त्रकारी सिद्धान्तको कुरा चलिरहेको छ, केही व्यक्ति के विश्वास गर्छन् भने सीआईएले टाढैबाट हर्ट अट्याक गनद्वारा कसैको पनि हत्या गर्न सक्छ। 

के यसमा सत्यता छ ? यो एउटा यस्तो पहिलो प्रश्न हो, जस बारेमा एक व्यक्तिले तर्कसङ्गत कुरा राख्न सक्छ ‘उनीहरूलाई हर्ट अट्याक गन बनाउन के सम्भव छ ?’  

के सीआईएसँग यस्तो हतियार बनाउने अधिकार, स्रोत र उद्देश्य छ ? 

यी सबै प्रश्नको स्पष्ट जवाफ हुन्छ– छ। वर्षौंदेखि सीआईए गुप्त  व्यवसायमा संलग्न छ, यस कारण उसले यस खालका हतियार विकसित नगर्ला भन्न सकिँदैन। 

यसका अतिरिक्त भन्नु पर्दा विशेष गरेर फिडेल क्यास्त्रो र साम्यवादका विरुद्धमा लड्दा उनीहरूले अन्य खालका घातक हतियार विकास गरेका थिए। यस कारण पनि उनीहरूले हर्ट अट्याक गन जस्ता उपकरण बनाउँदैनन् भन्न सकिँदैन। अर्को प्रश्न छ, के सीआईएसँग यस खालका हतियार बनाउन साधन स्रोत उपलब्ध छन् ? हो विश्वका केही उत्कृष्ट वैज्ञानिक र इन्जिनियरसँग सीआईएको पहुँच छ। 

अन्तिम प्रश्न के छ भने यस खालका हतियार बनाउन सीआईए किन अग्रसर हुनुप-यो ?, उसको उद्देश्य के हुन सक्छ ? 

सीआईएले आफूलाई खतरा महसुस गराउने राष्ट्रिय नेताको पतनको प्रयास गरेको लामो इतिहास छ। यदि उनीहरू यस्तो हतियार बनाउँछन् जसले खतरा उत्पन्न गर्ने व्यक्तिलाई सुटुक्क परैबाट मार्न सकिन्छ भने त्यस्तो हतियार बनाइने छ। 

उपलब्ध सबै प्रमाणलाई हेर्दा भन्न सकिन्छ सीआईएसँग हर्ट अट्याक गन बनाउने क्षमता र उद्देश्य दुवै थियो। 

द स्मोकिङ गन

सन् १९७३ मा क्यापिटल हिलमा एक सुनुवाइका बेला सिनेटर फ्रान्क चर्चले ‘MKNAOMI’ नामको गोप्य परियोजनामा सीआईएले काम गरिरहेको खुलासा गरेका थिए। 

यस परियोजनाले शत्रुमाथि रासायनिक र जैविक हतियार प्रयोगको सम्भाव्यता अध्ययन गरेको थियो। अर्को शब्दमा भन्नु पर्दा उनीहरू चाल नपाउने गरी मानिसको हत्या गर्न मिल्ने गोप्य हतियार बनाउने प्रयास गरिरहेका थिए। 

निःशन्देह कसैले यसलाई आधारहीन भनेर खारेज गर्न सक्छ तर त्यस परियोजनामा एक प्रमुख अनुसन्धानकर्ताका रूपमा काम गरेकी मेरी एमब्रीले एक अन्तर्वार्तामा हर्ट अट्याक गनका बारेमा कुरा गरेकी थिइन्। 

हाइस्कुल ग्राज्युएट भएर १८ वर्षको उमेरमा मेरीले सीआईएका लागि काम गर्न थालेकी थिइन्। उनले सेक्रेटरी भएर काम सुरु गरिन् तथा पछि गोप्य श्रवण यन्त्र र अन्य निगरानी उपकरण बनाएकी थिइन्। 

सेक्रेटरीमा काम गर्न सुरु गरेपछि चाँडै नै मेरीको पदोन्नति भयो र प्राविधिक सेवामा प्रवेश पाइन्। त्यहाँ उनलाई पत्ता लगाउन नसकिने विष खोज्न भनियो, अरू केही होइन। 

यस खालको विशिष्ट कार्य जिम्मेवारी दिने मनोवृत्ति त्यतिबेला सीआईएको चरित्र थियो। सीआईएले सबुत बाँकी नरहने गरी लक्ष्य भेद्न खोजिरहेको कुरा बुझ्न मेरीलाई समय लागेन। 

व्यापक अनुसन्धानपछि मेरीले कथित हर्ट अट्याक गनका लागि ‘सेल्फिस टक्सिन’ उपयुक्त हुने खोज गरिन्। एक पटक यस विषले आफ्नो काम गरेपछि यसको अवयव पोस्टमार्टमबाट समेत पत्ता लाग्दैन। 

वैज्ञानिकहरूले फोर्ट डेट्रिक्समा यस हतियारको अनुसन्धान गरेका थिए। डा. नाथन गोर्डन, मेरी र अन्य वैज्ञानिकले पशु र कैदीहरूमा यसको परीक्षण गरेको बताइन्छ। 

हर्ट अट्याक गनले कसरी काम गर्छ ?

यस हतियारमा पानी र सेल्फिसको विष जमेको मिश्रणको एउटा बर्छा (डार्ट) बनाएर प्रहार गरिन्छ। बन्दुकबाट प्रहार गरेपछि यसले लक्ष्यलाई निशाना बनाउँछ। 

सीआईएका निर्देशक विलियम कोल्बेले हर्ट अट्याक गन बनाएको पुष्टि मात्र गरेका छैनन्, त्यसले काम गर्ने तरिका पनि बताएका छन्। उनका कुराबाट थाहा हुन्छ हर्ट अट्याक गन M1911 ह्यान्ड गनको संशोधित रूप थियो, जसमा एउटा लेन्स तथा ह्यान्डलमा एउटा ब्याट्री जडित थियो। यो बन्दुक विद्युत्द्वारा पड्किने तथा यसद्वारा सय मिटर दूरीसम्मको लक्ष्यमा प्रहार गर्न सकिन्थ्यो। 

कोल्बेले आफ्ना कुरामा उल्लेख गरेअनुसार कसैले आफूलाई हर्ट अट्याक गनले प्रहार गर्न लागिएको कुरा थाहा पाउन नै गाह्रो थियो, किनभने बन्दुक 

सोझ्याएर प्रहार गरिने बेला एउटा रातो बिन्दु मात्र देखिन्थ्यो र त्यो पनि आँखाको सोझै परे मात्र देखिने। 

विशेष गरेर चालै नपाउने गरी डार्ट लक्षित व्यक्तिको शरीरमा पस्थ्यो। बरु लामखुट्टेले टोक्दा थाहा होला तर हर्ट अट्याक गनको डार्टको प्रहार महसुस नै नहुने। 

जमेको डार्ट प्रहारपछि तत्काल पग्लिन्थ्यो र निशाना लगाइएको व्यक्तिको शरीरमा विष फैलिन थाल्थ्यो।  सेल्फिसको विष अत्यन्त घातक मानिएको छ र यसले हृदयाघात भएको जस्तो प्रभाव देखाउँछ। यति मात्र होइन पीडित व्यक्तिको पोस्टमार्टम गर्दा उनको मृत्यु हृदयाघातले भएको देखिन्छ। 

मेरीलाई थाहा छैन अमेरिकी सरकारले कैदी र पशुबाहेक अरू कसैमा हर्ट अट्याक गन प्रयोग गरेको। कंग्रेसको बैठकमा सीआईएले समेत यस्तै कुरा गरेको थियो। 

सीआईएले विभिन्न हत्यामा यस हतियारको प्रयोग गरेको विश्वास गर्नेहरू छन् तर यसको प्रमाण छैन। 

सीआईएले आफ्ना प्रयास जति नै गोप्य राख्ने कोसिस किन नगरेको होस्, अमेरिकाको गुप्तचर संस्थाहरूका अवैध गतिविधिप्रति जनता जागरुक हुँदै गएका थिए। 

त्यतिबेला न्युयोर्क टाइम्सको एउटा लेखमा अनुचित क्रियाकलापका बारेमा रहस्योद्घाटन भयो तथा सिनेटले अब धेरै चुप लागेर बस्ने अवस्था रहेन। यस कारण राष्ट्रपति निक्सनले सन् १९७० मा ‘MKNAOMI’ लाई बन्द गर्ने प्रयास गरिए पनि सिनेटर फ्रान्क चर्चले सीआईएका गतिविधिमा अनुसन्धान सुरु गरे।  

अनुसन्धानबाट के थाहा भयो भने MKULTRA परियोजनाका प्रमुख डो सिड्नी गोटलिवसँग प्रयोगशालामा बनाइएको सेल्फिस विषको एक तिहाइ भाग थियो। उनले त्यो हस्तान्तरण गर्न अस्वीकार गरे। 

यस मामिलाको सुनुवाइ जनभय शान्त गर्न तथा आफ्ना कामप्रति सीआईएलाई जवाफदेही बनाउनका लागि भएको थियो। हर्ट अट्याक गन त सीआईएका अनेक अनुचित गतिविधिको एक नमुना हिस्सा मात्र थियो। तैपनि यसलाई जनमानसका लागि एक डरलाग्दो प्रयोग मान्न सकिन्छ। 

मेरीको गवाही र कोल्बेको पुष्टिपछि सीआईएलाई आइन्दा कसैको हत्या गर्न गोप्य हतियार बनाउन कुनै पनि खालका काम सुरु गर्ने अधिकार नदिइने अधिकारीहरूले निर्णय गरेका थिए। यस कारण पछि राष्ट्रपति गेरार्ड फोर्डले राजनीतिक हत्याको षडयन्त्र गर्नमा वा त्यसमा संलग्न भएका कुनै पनि सरकारी कर्मचारीलाई माफी दिने कार्यकारी आदेशमा हस्ताक्षर गरे। 

सुनुवाइका बेला जनताले त्यो हतियार देखे र उनीहरूले के विश्वास गरे भने सीआईएले सेनालाई यो हतियार सुम्पने छ तर सीआईएले हतियार आफैँसँग राखेको अड्कल गर्नेहरू पनि छन्।   

हर्ट अट्याक गनमा चासो छ किनभने सीआईएले चाल नपाउने गरी मानिसको हत्या गर्ने उपाय खोज्न सक्रिय भएर अनुसन्धान गरेको थियो। साथै उनीहरू कैदी र पशुमा बिनासहमति ती हतियार परीक्षण गर्न अग्रसर थिए। 

तेस्रो कुरा हर्ट अट्याक गनको रचना नै पत्ता नलगाउन नसकिने थियो, यसको अर्थ हामी कसैले पनि कुनै हत्याकाण्डमा यस हतियारको प्रयोग भए नभएको अझै पनि थाहा पाउन सक्दैनौँ। 

– युवामञ्च