• १३ साउन २०८१, आइतबार

सामुदायिक विद्यालयलाई कुनै पनि शुल्क नलिन काठमाडौं महानगरको आग्रह

blog

काठमाडौं महानगरपालिका ।

काठमाडौं, चैत ३० गते । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन आग्रह गरेको छ । 

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले महानगरभित्रका सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नदिन आग्रह गरेको जानकारी दिनुभयो ।

शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपयले विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै महानगरले कुनै पनि शुल्क नलिन आग्रह गरेको हो ।

अभिभावकसँग सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिने महानगरले जनाएको छ ।