• १३ साउन २०८१, आइतबार

करुणाकर सिरपाः वितरण

blog

साहित्यकार शान्तराज शाक्यलाई पुरस्कार प्रदान गर्नुहुँदै ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य। तस्बिरः अमिर मैया रञ्जित

ललितपुर, चैत्र २८ गते। नेपालभाषा साहित्य पुरस्कार ‘करुणाकर सिरपाः’ मंगलबार साहित्यकार शान्तराज शाक्यलाई ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यले प्रदान गर्नुभयो।

नेपालभाषा साहित्यमा लोककथाको विकासलाई निरन्तरता दिन लोकसाहित्य परिषदका संरक्षक वाङ्मय शताब्दीपुरुष स्व. सत्यमोहन जोशीको संयोजकत्वमा ने.सं. ११०७ मा लोकवार्ताकार करुणाकर वैद्यले ‘करुणाकर सिरपाः’ स्थापना गर्नुभएको हो।

उक्त पुरस्कारका दाता करुणाकर वैद्यका धर्मपत्नी तेजमाया वैद्य, छोरा दिवाकर वैद्य, जयाकर वैद्य, सुभाकर वैद्य र छोरी कुसुम वैद्यले पुरस्कारलाई निरन्तरता दिँदै आएको हो।

कोभिडको महामारीमा शान्त राज शाक्यले करुणाकर वैद्यको साहित्यको साथै विभिन्न लोककथाहरुलाई वाचन गरी युट्युबमा निरन्तर रुपमा प्रसारण गरी नेपालभाषामा योगदान दिएबापत सम्मानपत्रका साथ ४० हजार प्रदान गरिएको हो।