• १३ असोज २०८१, आइतबार

विद्युत् सर्ट हुँदा आगलागी

blog

राधा लुइँटेल

फिदिम, चैत २७ गते । विद्युत् सर्ट भएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ का हर्कबहादुर चेम्जोङको घर जलेर नष्ट भएको छ ।

आइतबार साँझ साढे करिब पाँच बजे भएको आगलागीका कारण घर र घर भित्र रहेको अन्नपात, नगद र सुनचाँदी जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताउनुभयो ।

आगलागी हुँदा चेम्जोङ परिवारका ५ जना सदस्य घरविहीन भएका छन् ।