• १३ साउन २०८१, आइतबार

बाल साहित्यिक संस्था र मायाघरकी संस्थापक सम्मानित

blog

रुद्रप्रसाद रिजाल तथा विष्णुकुमारी रिजाल स्मृति सम्मान प्रदान गरिँदै ।

राममणि दाहाल

हेटौँडा, चैत २५ गते। रुद्रप्रसाद रिजाल स्मृति पुरस्कार कोष, हेटौंडाद्वारा स्थापित रुद्रप्रसाद रिजाल तथा विष्णुकुमारी रिजाल स्मृति सम्मान बाल साहित्यिक संस्था र मायाघरका संस्थापकलाई प्रदान गरिएको छ।

कोषले शनिबार हेटौँडामा आयोजित कार्यक्रममा रुद्रप्रसाद रिजाल तथा विष्णुकुमारी रिजाल स्मृति सम्मान २०७९ राधिका दासी र नव सर्जक साहित्य चौतारी नेपाललाई समर्पण गरेको हो। 

इटहरीस्थित मायाघर नेपालकी संस्थापक भागवत प्रवक्ता दासीलाई अध्यात्म र समाजसेवाको माध्यमबाट समाज परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएवापत ५० हजार रुपियाँसहित सम्मान गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ निबन्धकार डा. निर्माेही व्यासले नगद ५० हजार रुपियाँसहित सम्मान गर्नुभएको हो। बालबालिकामा रहेको साहित्य सिर्जना प्रफुस्टनसँगै प्रतिभाको संरक्षण र क्षमता अभिवृद्धिमा कोभिड १९ को समयदेखि संस्थाले निरन्तर योगदान गर्दै आएको संस्थाका अध्यक्ष अध्यक्ष प्रसन्ना चौलागाईंले जानकारी दिनुभयो।

कोषले हरेक दुई वर्षमा संस्कृत भाषा, साहित्य, सनातन धर्म संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा अध्ययन अनुसन्धानमा संलग्न संस्था र व्यक्तिलाई सम्मान गर्दै आएको कोषका अध्यक्ष आरसी रिजालले बताउनुभयो।