• १३ साउन २०८१, आइतबार

बोलेरो दुर्घटना : चारको मृत्यु, ११ घाइते

blog

नवराज श्रेष्ठ

रामेछाप, चैत २३ गते । रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीमा बोलेरो दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । 

सदरमुकाम मन्थलीबाट १५ जना यात्रु बोकेर मन्थली नगरपालिका वडा नं ७ बटौलीको कौछिनी जाँदै गरेको बा ११ च ५५३ नम्बको बोलेरो कौछिनी स्थित मगर टोलमा दुर्घटना हुँदा घटना स्थलमै चार जनाको ज्यान गएको स्थानीय बलबहादुर तामाङले जानकारी दिनुभयो । 

स्थानीयका अनुसार दुर्घटनमा ११ जना घाइते भएका छन् । मृतको पहिचान भइसकेको छैन भने घाइतेलाई उपचारका लागि सदरमुकाम मन्थली ल्याइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै छ ।