• २५ पुस २०८१, बिहिबार

भुटानविरुद्ध नेपालको फराकिलो जित

blog

दोस्रो खेलमा प्रतिस्पर्धा गर्दै भुटान र नेपालका खेलाडी । तस्बिर सौजन्य : आयुश खड्का

काठमाडौं, चैत ९ गते । नेपाली महिला टोलीले बङ्गलादेशमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा भुटानमाथि फराकिलो जित निकालेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा बुधबार राति भएको खेलमा नेपालले भुटानलाई ५-० गोलले हरायो । 

एकपक्षीय खेलमा नेपाललाई जिताउन वर्षा ओली र सेनु परियारले दुई दुई थोल गर्नुभयो । अर्को गोल दीपा रोकायाले थप्नुभएको थियो । पहिलो हाफमा तीन गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल थपेको थियो ।

च्याम्पियनसिपमा नेपालको यो पहिलो जित हो । पहिलो जितसँगै नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ । यसअघि पहिलो खेलमा नेपाल भारतसँग ४-१ गोलले पराजित भएको थियो ।

भुटानको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा भुटान बङ्गलादेशसँग ८-१ गोलले पराजित भएको थियो । च्याम्पियनसिपमा आयोजक बङ्गलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता छ ।

रुसले पाहुना टोलीको रुपमा सहभागिता जनाएको हो । नेपालले तेस्रो खेल आइतबार रुससँग खेल्नेछ । राउन्ड रोविन लिगका आधारमा सञ्चालित च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।