शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, चैत ८ गते। प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार नेपालले लाओसविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफमा अग्रता लिएको नेपालले दोस्रो हाफमा अग्रतालाई दोब्बर बनाएको छ।
नेपालका लागि खेलको ३० औँ मिनेटमा अनन्त तामाङले गोल गर्नुभएको हो। नवीन लामाको कर्नरमा अनन्तले हडेमार्फत गोल गर्नुभएको हो। नेपालका लागि दोस्रो गोल नवयुग श्रेष्ठले दोस्रो हाफमा गर्नुभएको छ।
नेपालले बुधबार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गरेको हो। दशरथ रङ्गशालामा हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसबीच प्रतिस्पर्धा हुँदैछ।
