• ८ मंसिर २०८१, शनिबार

नेपाल भारतसँग स्तब्ध

blog

यू–१७ महिला च्याम्पियनसिप फुटबलमा प्रतिस्पर्धा गर्दै नेपाल र भुटानका खेलाडी ।

काठमाडौं, चैत ६ गते । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ । ढाकामा सोमबार भएको खेलमा भारतले नेपाललाई ४–१ गोलले हरायो । 

भारतको जितमा शिल्जी साजीले ह्याट्रिक गर्नुभयो । अर्को गोल पूजाले थप्नुभयो । नेपालका लागि वर्षा ओलीले एक गोल फर्काउनुभयो । च्याम्पियनसिपमा आयोजक बङ्गलादेश, नेपाल, भारत, भुटान र रुसको सहभागिता रहेको छ ।

नेपालले दोस्रो खेल बुधबार भुटानसँग खेल्नेछ । राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोली च्याम्पियन बन्नेछ ।