• १३ साउन २०८१, आइतबार

सार्कस्तरीय बालसाहित्य तदर्थ समिति गठन

blog

काठमाडौँ, चैत ६ गते । सार्कस्तरीय बालसाहित्य तदर्थ समिति गठन भएको छ । बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको संयोजकत्वमा सार्कस्तरीय बाल–साहित्यकारको एकता, सहकार्य र सार्कस्तरीय बालसाहित्य संस्था बनाउने उद्देश्यले शनिबार तदर्थ समिति गठन गरिएको हो । 

समितिको सचिवमा बङ्गलादेश शिशु साहित्यिक फोरमका अध्यक्ष हुँमायु कबिर ढाली रहनुभएको छ । सदस्यमा नेपालका बालसाहित्यकार विजयराज आचार्य र अनन्त वाग्ले, बङ्गलादेशका सुजन बरुवा र डा. मिजानुर रहमान कल्लोल तथा भारतका अजित पात्र र माणिक पण्डित रहनुभएको छ ।