• १३ साउन २०८१, आइतबार

बेलायती सांसद र नेपाली विद्यार्थीबीच अन्तर्क्रिया

blog

काठमाडौँ, चैत ५ गते । नेपाल भ्रमणमा रहेका संयुक्त अधिराज्य बेलायतका सांसद वीरेन्द्रकुमार शर्माले हिजो राजधानीमा विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्नुभएको छ । 

एलआरआई विद्यालयका विद्यार्थीका लागि स्थापना गरिएको डमी संसद्मा आयोजित कार्यक्रममा सांसद शर्माले जीवनमा सफलता प्राप्त गर्न लगन, धैर्य तथा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । भारतीय मूलका बेलायती सांसद शर्माले आफू बेलायतको सांसद पदमा पुग्न पचासौँ वर्ष सङ्घर्षको गरेको बताउनुभयो । अध्ययनका क्रममा बेलायत पुग्नुभएका शर्माले आफ्नो अनुभव साट्नुभएको थियो । विद्यालयका संस्थापक गुठीयार शिवराज पन्तले विद्यार्थीको पठनपाठनलाई थप प्रभावकारी बनाउन प्रविधि तथा सीपमैत्री सिकाइमा जोड दिन थप आवश्यक पूर्वाधार निर्माण गर्ने बताउनुभयो ।