• १९ पुस २०८१, शुक्रबार

आईसिसी विश्वकप लिग–२

युएईमाथि पीएनजीको सहज जित

blog

युएईविरुद्ध ब्याटिङ गर्दै पीएनजीका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, फागुन २६ गते । आईसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले संयुक्त अरब इमिरेट्स (युएई) माथि सहज जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पीएनजीले युएईलाई ५६ रनले हरायो । यस हारसँ गै युएईको विश्वकप छनोट सम्भावना सकिएको छ । 


जितका लागि पीएनजीले दिएको दुई सय ४७ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको युएईले ४२.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९० रन मात्र बनाउन सक्यो । युएईका लागि आर्यन लाक्राले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

कप्तान मोहमद वासिमले ४१, चुन्दनगापोइल रिजवान र जावत फरिदले समान १९/१९, कार्तिक मैयापनले १४, आशिफ खान र रोहन मुस्ताफाले समान ११/११ रन बनाउनुभयो । बलिङमा पीएनजीका रिले हेकुरेले तीन विकेट लिनुभयो । काबुरा मोरेया र आसाद भाला दुई दुई विकेट लिनुभयो । नोर्मान भानुवा र सेमो कामेराले एक एक विकेट लिनुभयो । 


यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा र्नौ विकेटको क्षतिमा दुई सय ४६ रन बनाएको छ । पिएनजीका लागि सेसे बाउले अविजित ८१ रन बनाउनुभयो ।

ओपनर हिरि हिरले ७७ रन बनाउनुभयो । यस्तै किप्लीन डोरिगाले ५५ रन बनाउनुभयो । चाद सोपर र नोर्मान भानुवाले समान १०/१० रनब नाउनुभयो । बलिङमा युर्एइका आयान खानले तीन विकेट लिनुभयाे ।

जुनेद सिद्धिकी र जाहोर खानले दुई दुई तथा कार्तिक मैयापन र रोहन मुस्ताफाले एक एक विकेट झार्नुभयो । सात देश सहभागी यस लिगमा युएई ३३ खेलबाट ३१ अङ्क जोड्दै छैटौं स्थानमा छ । पीएनजी ३४ खेलबाट ११ अङ्कसहित तालिकाको अन्तिममा छ ।


नेपाल ३३ खेलबाट ३४ अङ्क जोड्दै पाँचौं स्थनमा छ । पीएनजीसँग युएईको हारले नेपाललाई थप फाइदा पुगेको छ । नेपालले लिगमा अब बाँकी तीन खेल जितेमा विश्वकप छनोटमा स्थान बनाउनेछ । 

नेपालले दोस्रो खेल फागुन २८ गते यूएई, तेस्रो खेल फागुन २९ मा पीएनजी र अन्तिम खेल चैत २ गते यूएईसँग खेल्नेछ । यो सिरिज लिग–२ को अन्तिम खेल पनि हो । नेपाललाई विश्वकप छनोटमा स्थान बनाउन सबै खेल फाइनलसरह छ ।


सात टोली सहभागी लिगमा सबै खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । यस्तै सबै खेल सकेको ओमान ४४ अङ्कसहित दोस्रो, ३९ अङ्क बनाएको नामिबिया तेस्रो र ३५ अङ्क बनाएको अमेरिका चौथो स्थानमा छ ।

लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् । नेपाललाई एकदिवसीय मान्यता कायम राख्न पनि कम्तीमा पाँचौँ स्थानमा रहनुपर्नेछ ।