• १३ साउन २०८१, आइतबार

काठमाडौँमा अन्तर्राष्ट्रिय साहित्य महोत्सव

blog

काठमाडौँ, फागुन १७ गते  । काठमाडौँमा फागुन १२ र १३ गते दुईदिने अन्तर्राष्ट्रिय साहित्य महोत्सवको आयोजना गरिएको छ । नेसनल कलेज धुम्बाराहीले आयोजना गरेको महोत्सवको उद्घाटन नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभाले गर्नुभएको थियो । 

उद्घाटन सत्रमा वातावरण र साहित्य विषयमा प्रा.डा. सञ्जीव उप्रेती र भारतका कवि प्रबलकुमार बसुले किनोट प्रस्तुत गर्नुभएको थियो भने काठमडौँ विश्वविद्यालयका रजिस्ट्रार डा. अच्युत वाग्ले र कवि लक्ष्मी मालीले मन्तव्य प्रस्तुत गर्नुभयो । मिडिया : ब्रेकिङ अर मेकिङ रियालिटी, द लाइन एन्ड लेन्थ अफ आवर राइटिङ र रेलिजन, विमेन र लिटरेचर विषयमा डा. सुधीर सक्सेना, टङ्क ढकाल, सुमना नाजनिन, कमरुल हसन, केशव सिग्देल, महनाज बदिहियान, भिभिमारी भन्डेर पुर्तेन र छादोर वाङ्मोले क्रमशः शेखर खरेल, महेश पौडेल तथा डा. अर्चना थापासँग छलफल गर्दै आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का, कम्बोडिया र अमेरिकाका कवि/लेखकहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा एसिया कविता वाचन गरिएको थियो ।