• १३ साउन २०८१, आइतबार

सगुन अर्पण समारोह

blog

काठमाडौँ, फागुन १७ गते । तामाङ डाजाङ (मञ्च) र सेरो राग समूहले ‘तामाङ एल्बम दिवस’को सन्दर्भमा मातृभाषाका गायक/गायिका एवं संस्कृति, भाषा, कलाप्रेमीहरूबीच सगुन अर्पण समारोहको आयोजना गरेको छ । 

गायक चन्द्रकुमार मोक्तानले वि.स. २०४२ साल, फागुन १५ गते तामाङ भाषामा पहिलो गीति एल्बम ‘दुम्जला बजार’ तामाङ व्हाई भाग (१) बजारमा ल्याउनुभएको थियो । सोही सन्दर्भमा वि.स. २०६१ देखि तामाङ समुदायले हरेक वर्ष फागुन १५ गते साङ्गीतिक कार्यक्रम गर्दै तामाङ एल्बम दिवस मनाउँदै आएको छ । 

गायक मोक्तान भन्नुहुन्छ, “फूलबारी कार्यक्रममा तामाङ भाषाको गीत गाउने क्रममा रेकर्ड भएका गीतको सङ्ग्रह निकालेँ, त्यो नै तामाङ भाषाको पहिलो एल्बम बनेछ, जानी/नजानी गाएका गीत तथा एल्बम पनि पहिलो भएछ ।”

तामाङ डाजाङका अध्यक्ष एवं गायक फूलकुमार बम्जनले  गीतको एल्बम निकाल्ने काम इतिहास बने पनि समुदायलाई पहिलो पटक तामाङ भाषामा गीत रेकर्ड गर्न सकिन्छ भन्ने विश्वास दिलाउन सफल गायकको सम्मान तथा नयाँ पुस्तालाई तामाङ भाषामा पहिलो पटक  एल्बम निस्केको दिनको महत्व सम्झाउन दिवस मनाइएको बताउनुभयो ।