• १३ साउन २०८१, आइतबार

कलाकार जयनन्द लामाको सालिक निर्माण

blog

बाह्रबिसे नगरपालिका–३ धार्पामा निर्माण गरिएको दिवङ्गत कलाकार जयनन्द लामाको १२ फिट अग्लो सालिक । तस्बिर: चित्र

चित्र मिजार

सिन्धुपाल्चोक, फागुन १५ गते । स्वर्गीय गायक तथा कलाकार जयनन्द लामाको जन्मभूमि बाह्रबिसे नगरपालिका–३ धार्पाको थिङटोलमा १२ फिटको सालिक निमार्ण गरिएको छ । लामाको परम्परागत पोसाकमा डम्फु लिएर नाच्दै गरेको सालिक निमार्ण गरिएको छ । 

सालिक निमार्णका लागि बाह्रबिसे नगरपालिकाले ४ लाख, नुवाकोटको ककनी गाउँपालिका र आफन्तको सहयोगमा सालिक निर्माण गरेको हो । जयनन्द लामा स्मृति कोषले ८ लाख बजेटमा सालिक निमार्ण गरेको कोषका सदस्य प्रेम दोङले जानकारी दिनुभयो । बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले स्वर्गीय लामा नगरको गहना भएका कारण उहाँको सालिक निमार्णका लागि नगद सहयोग गरेको जानकारी दिनुभयो ।