• १३ असोज २०८१, आइतबार

जिल्लास्तरीय आर्चरी प्रतियोगिता हुँदै

blog

काठमाडौँ, फागुन ८ गते । सङ्खुवासभा जिल्ला आर्चरी सङ्घले जिल्लास्तरीय आर्चरी प्रतियोगिता आयोजना गरेको छ । खेलकुदको विकास सँगसँगै संस्कृतिको संरक्षण मूल नारासहित फागुन ११ देखि हुने प्रतियोगिता हुने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिता कर्मा ज्यामु भोटे फाउन्डेसनले प्रायोजन गरेको छ भने सेभेन समिट ट्रेकले सहयोग गरेको छ । नेपाल आर्चरी सङ्घको समन्वयमा हुने प्रतियोगितामा विजेतालाई नगद र प्रमाणपत्रले सम्मान गरिनेछ ।