विकासका लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ । सधैँ सत्ताको झिनाझम्टी र अस्थिर सरकार भइरह्यो भने पनि त्यसले विकासको बाटो समाउन सक्दैन । नेपालजस्तो गरिब तथा विकासोन्मुख मुलुकका लागि स्थिर सरकार आवश्यक हुन्छ ।
नेपालले अझै पनि दिगो विकासको बाटो समाउन नसकेको अवस्थामा आफ्नो मौलिक पहिचानसहित विकासलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने चिन्ताले आमनागरिकलाई सताएको छ । नेपालको विकास हाम्रो भौगोलिक, आर्थिक, सामाजिक तथा धार्मिक र सांस्कृतिक परिवेशलाई आत्मासात् गरेर अगाडि नबढी सम्भव हुँदैन । हाम्रो आफ्नै जनशक्ति, प्राकृतिक स्रोतसाधनमा आधारित उत्पादन प्रणाली, ग्रामीण विकास, शिक्षा स्वस्थ्य तथा भौतिक पूर्वाधारमा आमूल परिवर्तन र व्यावहारिक कर प्रणालीमा व्यापक सुधार नगरी विकास सम्भव छैन ।
नेपाल प्राकृतिक स्रोतसाधनले भरिपूर्ण मुलुक हो । विश्वमै जलस्रोतको दोस्रोे धनी मानिने यस मुलुकमा बाह्रै महिना पहाडि भेगबाट बगिरहने खोलानाला तथा हिमनदीको पानी मिनिरलयुक्त हुने भएकाले यसलाई कोकाकोलाझैँ विश्वको कुनाकुनासम्म पु¥याउन सकिन्छ । कृषिको उन्नत विकासमा सिँचाइ अपरिहार्य भएकाले सिँचाइका लागि व्यवस्थित बाटा बनाउन सकिन्छ । जनसमुदायको सहभागितामा कुलो, नहर तथा पानी सञ्चितिका आधारभूत पोखरी निर्माण गर्न सकिन्छ । खेर गइरहेको अपार जलस्रोतलाई सिँचाइ र विद्युत् उत्पादनमा लगाएर कृषिक्षेत्रको विकाससँगै औद्योगिक उत्पादन वृद्धि गरी आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । विद्युत् उत्पादनलाई तीव्रता दिएर ग्यास, पेट्रोल, डिजेल र मट्टीतेलजस्ता पदार्थलाई विस्थापित गर्नसके विदेशी मुद्रा सञ्चितिमा ठूलो सहयोग पु¥याउन सकिन्छ ।
सन् २०२० मा विश्व बैङ्कले निकालेको डाटालाई हेर्ने हो भने नेपालको कुल भूमिको ४२ प्रतिशत भू–भाग वनजङ्गलले ढाकेको छ । तराईको उष्ण हावापानीदेखि उच्च पहाडको समशितोष्ण हावापानीमा पाइने विभिन्न प्रजातिका औषधियुक्त वनस्पति यहाँ पाइन्छन् । सबै वनजङ्गललाई स्थानीय समुदायको मातहतमा राखेर व्यवस्थित गरी यी विभिन्न प्रजातिका रुख तथा वनस्पतिलाई वैज्ञानिक तरिकाले उपयोग गर्दै व्यापारिक प्रयोगमा ल्यउन सके हाम्रो आर्थिक अवस्थामा आमूल परिवर्तन हुन्छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका पहाडमा थुप्रिएका अनेक प्रजातिका जडीबुटी तथा खानीजन्य पदार्थको व्यवस्थापन गरी निर्यात गर्नसके विदेशी मुद्रा आर्जनको राम्रो स्रोत बन्न सक्छ । सुगन्धित धूप तेल र अत्तर बनाउन चाहिने घाँसपात र झारदेखि गुर्जो, त्रिफला, जटामसी, यार्चागुम्बा, पाँचऔँले, तितेपाती, घोडताप्रे आदि थुप्रै औषधिजन्य जडीबुटी विश्वबजारमा औधि माग भएको बस्तुमा पर्छन् । यिनीहरूलाई औषधिको रूपमा बाहिर पठाउन सके विदेशी मुद्रा आर्जनको राम्रो स्रोत तयार हुछ ।
भौगोलिक विविधतासहितको बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुजातीय मुलुकको विकासका लागि रोजगारी तथा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतमा पर्ने अर्को क्षेत्र हो पर्यटन । पर्यटकलाई आकर्षण गर्ने पर्याप्त आधार हामीसँग छन् । हामीसँग विस्तृत योजना तथा विस्तारित कार्यक्रम मात्र नभएको हो । नेपालको भौगोलिक बनोट र त्यहाँ पाइने प्राकृतिक विविधता, गोरेटो र घोडेटो बाटो, लहरा र पहरा, वनजङ्गल, भिन्न प्रजातिका चराचुरुङ्गी, फलपूmल तथा जडीबुटीका प्रजाति, नदीनाला, झरना, तालतलैया, पुराताìिवक महìवका संरचना, वास्तुकला, चित्रकला, मठमन्दिर, विभिन्न जात्रापर्व र नेपालीको सौहार्दपूर्ण जीवनशैली पर्यटकलाई आकर्षण गर्ने बलिया आधार हुन् । विश्वको शिर सगरमाथा, गौतम बुद्धको जन्मस्थान लुम्बिनी, वीर गोरखालीको जन्मभूमि विश्वमा परिचित हाम्रा पुराना स्थापित मान्यता हुन् । यी सबैको उचित प्रचार प्रसार र प्रयोग हुनै सकेन ।
नेपालको करिब दुई तिहाइ भूमि पहाडले ढाकेको छ । चुरेबाहेकका अजङ्गका पहाड हामीसँग प्रशस्त छन् । त्यहाँभित्र विभिन्न प्रकारका बहुमूल्य धातु, पत्थर, असङ्ख्य खनिज पदार्थ र मूल्यवान् चुनढुङ्गा पाउन सकिन्छ । सडक, पेटी घर र अन्य भौतिक संरचना बनाउन मिल्ने ढुङ्गाको उत्खनन गर्न सकिन्छ । विभिन्न धातु तथा पत्थरबाट विदेशी मुद्रा खिच्न सकिन्छ । व्यवस्थित ढङ्गले ढुङ्गाको उत्खनन गर्न सके सिमेन्ट तथा क्रसर उद्योग चलाएर उत्पादन बढाइ स्वदेशी आवश्यकता पूरा गर्न सकिन्छ । अहिलेसम्म सरकारको ध्यान नगएको क्षेत्र हो यो ।
नेपालको हावापानी र माटो कृषि उत्पादनका लागि प्राकृतिक वरदान नै हो तर खाद्यान्नको ठूलो मात्रा, बीउबिजन र मलखादमा अहिले पनि हामी परनिर्भर छौँ । सरकारी तहबाटै कृषिलाई उच्च प्राथमिकतामा राखेर आवश्यक बीउबिजन, मलखाद, सिँचाइ र दक्ष जनशक्तिको व्यवस्था स्वदेशभित्रै मिलाउनु जरुरी छ । देशभित्र खपत गरेर पनि हाम्रो उत्पादनलाई अन्य मुलुकमा निर्यात गर्न सक्ने सम्भावना हामीसँग छ । हरेक मौसममा उत्पादन हुने तरकारी वा अन्य बालीलाई केही समयसम्म भण्डारण गर्नसक्ने अवस्था भए अन्य देशका आयातित वस्तुलाई प्रतिस्थापन गर्न सहज हुन्छ । हामीसँग उचित भण्डारणको विकल्प नभएकाले हरेक वर्ष धेरै मात्रामा वस्तु कुहिएर, सडेर खेर जाने अवस्था छ । किसानको हितमा सहकारी र सहकारी मैत्री कृषि प्रणाली लागू गर्नसके कृषिको दिगो विकास र खाद्यान्नमा आत्मनिर्भर हुन सकिन्छ ।
असङ्ख्य साधन, स्रोत र आम्दानीका प्रशस्त सम्भावना छरिएर रहेको ठाउँ हो गाउँ । ग्रामीण भेगका जनतालाई सहरमा केन्द्रित गरी भरिया बनाउनु बुद्धिमानी हुँदैन । ग्रामीण क्षेत्रमा आधारभूत संरचना पु¥याइ त्यहाँका जनतालाई त्यहीँ रोक्नुपर्छ । कृषि पेसामा आबद्ध भएका ६५ प्रतिशतभन्दा बढी जनता ग्रामीण क्षेत्रमै बसोबास गर्छन् । औद्योगिक मुलुकको नक्कल गरेर हामीले गाउँका जनतालाई सहरीकरणमा जोड दिँदा एकातिर गाउँको पारिवारिक संरचना ध्वस्त भएको छ भने अर्कोतिर स्थानीय उत्पादन धरासायी भएका छन् । आफ्नै देशका स्रोतसाधनको उपयोग नहुँदा बेरोगारीको सङ्ख्या ह्वात्तै बढेको छ । नेपालका प्राकृतिक स्रोतसाधन, कृषि, कृषिमा आधारित उद्योग, स्थानीय उत्पादनको संरक्षण, संवद्र्धन र विकास तथा ग्रामीण बजारको उचित व्यवस्थापनबाट समग्र ग्रामीण समाजको विकास गरेर मात्रै आम नागरिकको विकासको चाहाना पूरा गर्न सकिन्छ ।
शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासका अनिवार्य अङ्ग हुन् । वर्षौं लाखौँको सङ्ख्यामा नेपाली विदेशिनुमा नेपालको अर्थव्यवस्था मात्र दोषी नभएर हाम्रो शैक्षिक प्रणाली र हामीले दिने शिक्षा पनि उत्तिकै दोषी र जिम्मेवार छ । पासफेलको प्रावधान र घोकन्ते शिक्षाले हाम्रा विद्यार्थीलाई कहिल्यै पनि सिर्जनात्मक हुन र सीप विकास गर्न उत्प्रेरित गरेन । यसले न कर्म गर्न सिकायो न सिर्जनशील हुन सिकायो । कर्मशील र चिन्तनशील मानवलाई मारेर सुगा हुर्काउने काम मात्र ग¥यो । सिर्जनात्मक प्रतिभा, प्राविधिक सीप, उद्यमशीलता, सिकाइ सीप एवं जीवनोपयोगी सीपबिनाको शिक्षा अब काम लाग्दैन । शिक्षामा आमूल सुधार नगरी विकासको सपना पूरा हुँदैन ।
विकासको अवधारणा लागू गर्नका लागि शिक्षासँगै जनस्वास्थ्यको पनि उत्तिकै आवश्यकता पर्छ । बिचौलियाको बिगबिगी भएको स्वास्थ्य क्षेत्र झनै तहसनहस छ । यसको उचित व्यवस्थापनका लागि राज्यको दर्बिलो स्वास्थ्य नीति र कार्यक्रम चाहिन्छ । यस क्षेत्रलाई केन्द्रीकरण नगरी विभिन्न
ठाउँमा आयुर्वेदिक औषधालय र अनुसन्धान केन्द्र स्थापना गर्नुपर्छ । एउटा योग्य र कर्मठ नागरिकका लागि स्वस्थ्य जीवन अनिवार्य हुन्छ । हरेक क्षेत्र, गाउँ र केन्द्रमा अध्ययन तथा अनुसन्धानमूलक स्वास्थ्य संस्था स्थापना गर्नुपर्छ । यसका
लागि भौतिक पूर्वाधार पहिलो सर्त हो । बाटोघाटो, बिजुली, खानेपानी र सिँचाइको सुविधा नभई विकासका अन्य पक्ष अगाडि बढ्दैनन् । नेपालको दीर्घकालीन विकासको आधार भन्नु
नै शिक्षा, स्वस्थ्य र भौतिक पूर्वाधारको दिगो विकास र यसको यथेष्ठ प्रयोग हो ।
परिष्कृत तथा व्यावहारिक कर प्रणाली विकासका लागि नभई नहुने कुरा हो । ढुङ्गामाटो, गिटी क्रसर उद्योगलाई व्यवस्थित गर्दै कृषि तथा कृषिजन्य उद्योगलाई प्रवद्र्धन गर्न पनि लचिलो कर प्रणाली आवश्यक हुन्छ । ग्रामीण भेगको विकासलाई मूल प्राथमिकतामा राख्दा त्यहाँ पर्यटन, जल, जङ्गल र जमिनको समूचित प्रयोग र त्यसबाट उत्पादन हुने वस्तु तथा सेवामा व्यावहारिक र सहुलियतपूर्ण करप्रणाली लागू गर्नुपर्छ । अति दुर्गम, दुर्गम र सुगम क्षेत्रलाई करको दायरामा समेट्दा विशेष ध्यान दिनुपर्छ । वस्तु उत्पादनका आधारमा कुन वस्तु उत्पादन गर्दा करको दायरा के हुने र निकासी गर्दा सहुलियत कति हुने सो कुरामा सरकारको प्रस्ट नीति आउनुपर्छ ।
विकासका लागि राजनीतिक स्थिरता आवश्यक हुन्छ । सधैँ सत्ताको झिनाझम्टी र अस्थिर सरकार भइरह्यो भने पनि त्यसले विकासको बाटो समाउन सक्दैन । नेपालजस्तो गरिब तथा विकासोन्मुख मुलुकका लागि स्थिर सरकार आवश्यक हुन्छ । हरेक क्षेत्रमा विशेषज्ञता हासिल गरेको जनशक्ति र कुशल नेतृत्वसहितको स्थिर सरकार भयो भने छोटो समयमै विकासका बाटा खोलिन सक्छन् । देश समृद्धिको यात्रातिर लम्किन सक्छ । हरेक कुरामा परनिर्भर बनिरहनु पर्दैन । वर्षौंदेखि जनताले गरेको आशा पनि पूरा हुनसक्छ ।