• १३ असोज २०८१, आइतबार

धनकुटा क्याम्पसमा झडप हुँदा दुई विद्यार्थी घाइते

blog

कविराज घिमिरे 

हिले, फागुन ५ गते । धनकुटा बहुमुखी क्याम्पसमा झडप हुँदा दुई विद्यार्थी घाइते भएका छन् । बिहीबार साँझ भएको झडपमा परी घाइते हुनेमा नेपाल विद्यार्थी सङ्घ धनकुटा बहुमुखी क्याम्पसका इकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्की रहेका छन् ।

घाइते मध्ये कार्कीलाई थप उपचारको लागि विराटनगर पठाइएको छ । भण्डारीको भने  जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ । के कारण र को को बिच झडप भएको हो भन्ने कुरो खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्र कुँवरलेले जानकारी दिनुभयो । 

नेपाल विद्यार्थी सङ्घले भने कुटपिटमा संलग्नलाई कारबाहीको माग गरेको छ ।