• ४ जेठ २०८१, शुक्रबार

शाली नदी मेलामा एक करोड सहयोग सङ्कलन

blog

काठमाडौँ,  माघ   २३ गते । काठमाडौँको शाली नदीमा लागेको माधवनारायण मेलामा रू. एक करोड दुई लाख ४४ हजार सहयोग सङ्कलन भएको छ । 

गत पुस २२ देखि सुरु भएको एकमहिने स्वस्थानी (माधवनारायण मेला) को अन्तिम दिन आइतबारसम्म उक्त रकम सहयोगस्वरुप सङ्कलन भएको माधवनारायण स्वस्थानी व्रत तथा सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

गतवर्ष कोरोनाका कारण भक्तजनका सङ्ख्या कम हुँदा  सहयोग रकम कम सङ्कलन भएको थियो । यसवर्ष भक्तजनका सङ्ख्यामा वृद्धि हुनुका साथै शाली नदीमा आसपासमा सञ्चालन गरिएका पसलबाट भाडा उठाएकाले रकम बढी सङ्कलन भएको श्रेष्ठले भनाइ थियो ।

उहाँका अनुसार सङ्कलन भएको रकम र भाडाबाट उठेको पैसा माधवनारायण मन्दिर निर्माणमा खर्च गरिनेछ । मन्दिरमा चढाइएको रकम माधवनारायण मेलामा खटिने कर्मचारी र मन्दिर व्यवस्थापनमा खर्च गरिनेछ । 

एक महिनासम्म चलेको उक्त मेलामा यसवर्ष ३० लाखभन्दा बढी भक्तजनले मेला भरेको समितिले जनाएको छ ।