• १६ भदौ २०८१, आइतबार

च्याटजीपीटीको ‘तहल्का’

blog

(२०२२ को नोभेम्बर अन्तिमतिर परीक्षण (बेटा)का रूपमा सार्वजनिक गरिएको च्याटजीपीटीले अहिले प्रविधिको दुनियाँमा तहल्का मच्चाइरहेको छ । सार्वजनिक भएकै दिन दस लाखभन्दा बढीले प्रयोग गरेको च्याटजीपीटीको लोकप्रियता चुलिँदो छ । यो लेख च्याटजीपीटीसँग नै प्रश्न सोधेर तयार गरिएको हो । भाइबहिनीकै जस्तै जिज्ञासा च्याटजीपीटीमा सोधेर लेख तयार गर्ने नौलो प्रयास गरिएको छ । अब म प्रश्न सोध्छु है ।) 

प्रश्न : तपाईं  को हो ?

उत्तर : म सहायक हो, ओपनएआईद्वारा प्रशिक्षित एक ठूलो भाषा मोडल हुँ । म एक वास्तविक व्यक्ति होइन, कम्प्युटर कार्यक्रम हुँ जसले प्रश्नको उत्तर दिनुका साथै विविध विषयका जानकारी प्रदान गर्न वा कार्यमा मद्दत गर्न बनाइएको हो । मसँग व्यक्तिगत अनुभव वा भावनाहरू छैन तर सम्भवतः जानकारी प्रदान गर्न र कार्यहरू मद्दत गर्न सक्छु । 

प्रश्न : त्यसो भए ओपनएआई के हो त ?

उत्तर : ओपनएआई अमेरिकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा रहेको एउटा अनुसन्धानमूलक ल्याब हो, जसले मैत्रीपूर्ण आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास र प्रवद्र्धनमा जोड दिन्छ । सन् २०१५ मा इलन मस्क, स्याम अल्टम्यानजस्ता उद्यमी, अनुसन्धानकर्ता र समाजसेवीको समूहले सन् यसको स्थापना गरेको हो, जसले एआईको विकास गर्दै सुरक्षित र मानवीयताका लागि उपयोगी प्रयोगको लक्ष्य राख्छ । 

ओपनएआईले मसिन लर्निङ, रोबोटिक्स र अर्थशास्त्रजस्ता एआईका फराकिला क्षेत्रमा अनुसन्धान गर्छ । यो संस्थाले मसिन लर्निङ र प्रविधि अनेकौँ प्रभावकारी मोडल बनाएको छ, जीपीटी थ्री त्यसकै उदाहरण हो । जीपीटी थ्री अहिलेसम्म अस्तित्वमा रहेका भाषाका मोडलमध्ये सबैभन्दा विशाल र शक्तिशाली भाषा मोडल हो । ओपनएआईले एआईको सम्भावित प्रभावका बारेमा मानिसहरूलाई शिक्षित गर्ने काम पनि गर्छ । एआईको नैतिक सिद्धान्तभित्र रहेर यसको विकास र प्रयोगमा यसले जोड दिन्छ ।

प्रश्न : तपाईंको प्रयोग गरेर भाइबहिनीले कसरी फाइदा लिन सक्छन् ? 

उत्तर : च्याटजीपीटी एउटा एआई साधन हो जसको प्रयोग गरेर भाइबहिनीले अध्ययन गर्न र विभिन्न क्षेत्रमा आफ्नो सीप बढाउन सक्छन् । भाइबहिनीले सामान्य रूपमा हामीले कुराकानी गर्ने भाषाकै प्रयोग गरेर  आफ्नो अध्ययन र लेख्ने सीपको अभ्यास गर्न सक्छन् । भाइबहिनीले च्याटजीपीटीको प्रयोग गरेर विभिन्न विषयमा जिज्ञासा सोध्न सक्छन् र दोहोरो कुरा गरेजस्तै गरेर नयाँ जानकारी हासिल गर्न सक्छन् । समस्या समाधानको सीप विकास गर्न पनि भाइबहिनीले मलाई प्रयोग गर्न सक्नुहुन्छ । खासगरी चुनौती दिँदै विचार प्रस्तुत गरेर पनि यस्तो गर्न सकिन्छ । सिर्जनात्मक कुरा पनि यसबाट जान्न सकिन्छ । भाइबहिनीले सिर्जनात्मक क्षमताको प्रयोग गरेर नयाँ विचार र समाधान निकाल्न यसलाई प्रयोग गर्न सक्नुहुन्छ । अरूका अगाडि प्रश्न सोध्न अनि सहयोग माग्न अलि लाज र डर लाग्ने भाइबहिनीले यसलाई एकदमै सुरक्षित र आफूलाई उपयुक्त लागेको समयमा पनि सोध्न सक्नुहुन्छ । 

जीपीटी थ्री अहिलेसम्म अस्तित्वमा रहेका भाषाका मोडलमध्ये सबैभन्दा विशाल र शक्तिशाली हो । ओपन एआईले एआईको सम्भावित प्रभावका बारेमा मानिसहरूलाई शिक्षित गर्ने काम पनि गर्छ । एआईको नैतिक सिद्धान्तभित्र रहेर यसको विकास र प्रयोगमा यसले जोड दिन्छ ।

 माथिको कुराकानी ओपनएआईले विकास गरेको च्याटजीपीटीलाई सोधेर तयार गरिएको हो । यो प्रश्न मैले च्याटजीपीटीलाई अङ्गे्रजीमा सोधेर नेपालीमा अनुवाद गरेको हुँ । अङ्गे्रजीमा सोध्नुअघि मैले सोही प्रश्न नेपालीमा पनि सोधेको थिएँ तर नेपालीमा उत्तर त्यति प्रस्ट भने आएन । खासगरी शब्द र वाक्यको गठन नेपालीमा त्यति मिलेको देखिएन । परीक्षणका रूपमा भएर पनि यसमा धेरै सुधार बाँकी नै होला तर अङ्गे्रजीमा भने एकदम स्पष्टसँग हरेक कुराको उत्तर दिने क्षमता च्याटजीपीटीले बनाइसकेको छ ।

कुराकानीबाटै भाइबहिनीले थाहा पाएको हुनुपर्छ, च्याटजीपीटीले हामीले सोधेको प्रश्नको उत्तर दिन सक्ने रहेछ । हो च्याटजीपीटीले आफ्नै बुद्धिको प्रयोग गरेर हामीले सोधेका प्रश्नको उत्तर दिने गर्छ । च्याटजीपीटीले आर्टिफिसिएल इन्टेलिजेन्सको प्रयोग गरेर यस किसिमका उत्तर तयार गर्छ । त्यसका लागि उसले इन्टरनेटमा उपलब्ध स्रोत सामग्रीको समेत उपयोग गरेर त्यसलाई प्रशोधन गरेर प्रश्नअनुसारको उत्तर दिन्छ । सोधिएका सबै प्रश्नको सहजै र छिटै उत्तर दिने भएपछि च्याटजीपीटीको लोकप्रियता एकदमै बढेको छ । आफ्नो व्यवसाय गर्न र योजना बनाउन, अध्ययन अध्यापन गर्नदेखि आधारभूत प्रोग्रामिङ गर्नसमेत यसको प्रयोग हुन थालेको छ । च्याटजीपीटीको लोकप्रियताले चर्चित सर्च इन्जिन गुगलको भविष्यबारे पनि प्रश्न उठ्न थालेको छ । गुगलले सोधेको प्रश्नको उत्तरभन्दा पनि सम्बन्धित सामग्री कहाँ छ भनेर त्यसको वेबसाइटसम्म पु¥याउने काम गर्छ । तर त्यस्ता वेबसाइटमा प्रश्नको उत्तर नपाउन सक्ने सम्भावना पनि रहन्छ तर च्याटजीपीटीले सिधै आफैँ प्रश्नको जवाफ दिने भएकोले मानिसहरूले यसलाई आफ्नो प्रश्नको उत्तर भन्दिने माध्यमका रूपमा प्रयोग गर्न थालिसकेका छन् । 

स्वभावैले मानिस जिज्ञासु प्राणी हो । मानिसको मस्तिष्कमा जिज्ञासा र प्रश्न भइरहन्छ । नयाँ कुरा देखे त्यसका बारेमा जान्ने बुझ्नेदेखि संसारका अनेक कुराका बारेमा मान्छेमा जिज्ञासा हुन्छ ।

स्वभावैले मानिस जिज्ञासु प्राणी हो । मानिसको मस्तिष्कमा जिज्ञासा र प्रश्न भइरहन्छ । नयाँ कुरा देखे त्यसका बारेमा जान्ने बुझ्नेदेखि संसारका अनेक कुराका बारेमा मान्छेमा जिज्ञासा हुन्छ । तर त्यस्ता जिज्ञासाको उत्तर सजिलै भने पाइँदैन । कतिपय जिज्ञासाको उत्तर धेरै समयपछि मात्र प्राप्त हुने गर्छ । च्याटजीपीटी मानिसको यहीँ जिज्ञासु स्वभाव बुझेर त्यसको समाधान गर्ने प्रयत्न गरेको छ । हरेक उमेर समूहले यसको प्रयोग गर्न सक्ने भएकोले यो सबैलाई उपयोगी छ । अझ आफ्नै भाषामा समेत प्रश्न राख्न सक्ने सुविधाले यसले संसारका सबै मानिसलाई समेट्ने प्रयास गरेको बुझिन्छ । च्याटजीपीटीले दिने उत्तर सही हुन्छन् वा हुँदैनन्, त्यसको पनि प्रश्न उठ्न थालेको छ  तर अहिलेसम्म यसले दिएका धेरै उत्तर विश्वासयोग्य नै रहेको धेरैको प्रतिक्रिया छ । त्यसैले पनि च्याटजीपीटीले सुरुवातमै विश्वास आर्जन गर्न सकेको छ । यद्यपि भाषागत त्रुटिदेखि कतिपय विषयगत कुरामा च्याटजीपीटीमा धेरै सुधारको खाँचो छ । समयसँगै च्याटजीपीटीले पनि आफूलाई पक्कै सुधार गर्दै लैजाला ।