• १६ वैशाख २०८२, मङ्गलबार

रास्वपाको कार्यवाहक सभापतिमा अर्याल

blog

काठमाडौँ, माघ १५ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको कार्यवाहक सभापति तथा संसदीय दलको नेतामा डोलप्रसाद अर्याललाई चयन गरेको छ। सर्वोच्च अदालतको फैसलाअनुसार पार्टी सभापति तथा संसदीय दलको नेता रवि लामिछानेको पद गुमेपछि अर्याललाई दुइटै जिम्मेवारीमा चयन गरिएको हो। 

रास्वपाको केन्द्रीय समिति बैठकले अर्को व्यवस्था नहुँदासम्मका लागि पार्टी उपसभापति अर्याललाई कार्यवाहक सभापति चयन गरिएको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

विज्ञप्तिमा भनिएको छ, “पार्टीको संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार पार्टी संसदीय दलको नेताको पद रिक्त भएकाले पार्टीको संसदीय दलको नेतामा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई चयन गरेको छ।’’ 

त्यसैगरी सो पार्टीले विज्ञप्तिमार्फत सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने र सर्वोच्चको आदेशअनुसार नै पार्टीका कामकारबाही अगाडि बढाउने जनाएको छ।