• १३ साउन २०८१, आइतबार

दिगो विकास तथा सुशासन समितिको बैठक

समयमै मल उपलब्ध गराउने कार्ययोजना पेस गर्न मन्त्रालयलाई निर्देशन

blog

दिगो विकास तथा सुशासन समितिको सिंहदरबारमा बसेको बैठक । फाइल तस्बिर

काठमाडौं, माघ १२ गते । दिगो विकास तथा सुशासन समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई समयमै मल उपलब्ध गराउने कार्ययोजना पेस गर्न निर्देशन दिएको छ ।

समितिले किसानहरूलाई कृषि मल समयमा नै उपलब्ध गराउने सुनिश्चितताका सम्बन्धमा मन्त्रालयको कार्य योजनासहित समितिको अर्को बैठकमा उपस्थितिका लागि मन्त्रालय लाई निर्देशन दिएको हो । समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो ।

किसानहरूलाई कृषि मल एवम् बीउalजन समयमा नै उपलब्ध गराउने सुनिश्चितता सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र सरोकारवालसँग छलफल तथा विविध कार्यसूचीमा समितिका सदस्य, प्रतिनिधि सभाका सदस्य, राष्ट्रिय किसान आयोग, कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र सरोकारवाला एवम् विज्ञहरूको सहभागितामा छलफल भएको थियो ।

यसैगरी, समितिका सदस्यहरू कृष्णप्रसाद पौडेल, नन्दा चपाई, नारायणप्रसाद दाहाल, भुवनबहादुर सुनार, महेशकुमार महरा, विमला घिमिरे, सिँगबहादुर वि.क, शारदादेवी भट्ट, प्रतिनिधि सभाका सदस्यहरू सरिता प्रसाईँ र देवप्रसाद तिमिल्सेनाले बैठकमा धारणा तथा सुझाव राख्नुभयो ।

त्यस्तै, राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगाल, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा, कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका ना.प्र.कार्यकारी अधिकृत कुमार राजभण्डारी र अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)का सचिव शिवहरि खनालले बैठकको छलफलमा भाग लिनुभएको थियो ।