• १२ साउन २०८१, शनिबार

नेपाली ब्यवसायी संघ बेल्जियमको अध्यक्षमा खवास

blog

केजिन राई 

ब्रसेल्स, माघ ११ गते । नेपाली ब्यवसायी संघ बेल्जियमको अध्यक्षमा चिरनकुमार खवास  निर्वाचित हुनुभएको छ । संघको मंगलबार भएको सातौं अधिवेशनले आगामी तीन वर्षको लागि खवासको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । 

संघको उपाध्यक्षमा कासी दनै, कृष्ण सिम्खडा र रमेश दाहाल, महासचिवमा जगदि सापकोटा, कोषाध्यक्षमा भुवन सुवेदी, सचिवमा बाबुराम शर्मा र रिचा गुरुङ, सहकोषाध्यक्षमा राजु थापा निर्वाचित हुनुभएको छ । सदस्यहरुमा लोकेन्द्र नेपाल, प्रिन्स खड्का, बिनोद न्यौपाने, रमेश पौडेल, कुलबहादुर कार्की सदस्य (क्षेत्रीय संयोजक) बेदराज पुरी गेन्ट, जितेन्द्र केसी लुभेन, दिपेश सुबेदी ब्रसेल्स, श्रीप्रशाद दवाडी एन्तवेरपेनलाई सर्वसम्मत निर्वाचित गरेको छ । 


मानार्थ पर्यटन दुत तथा एनआरएन बेल्जियमका संस्थापक अध्यक्ष रविन्द्रमान श्रेष्ठ, चेतप्रशाद भट्ट र हरी थपलियाको तीन सदस्यिय अध्यक्षमन्डलले नयाँ कार्यसमितीको घोषणा गर्नुका साथै सपथग्रहण गराएको थियो । निवर्तमान अध्यक्ष यामु निरौलाले नयाँ समितिलाई बधाई दिनुभएको थियो । 

बेल्जियममा ब्यवसाय गर्दै आएका नेपालीहरुको सस्था नेपाली ब्यवसायी संघ बेल्जियमले विभिन्न समयमा ब्यवसाय गर्न सहज प्रदान गर्नको लागि विभिन्न तालिमहरु प्रदान गर्दै आइरहेको छ । 

सामुहिक प्रयासबाट ब्यवसायलाई एकअर्कालाई सहयोग गर्ने र ब्यवसयिक एकता कायम गर्ने उद्येश्यले सन् २००६ मा स्थापना भएको नेपाली ब्यवसायी संघ बेल्जियमले नेपाली फुड फेस्टिबल, नेपालमा उत्पादित सामानको प्रदर्शनी र बेल्जियमका ठुला कम्पनीहरु र च्याम्बर अफ कमर्शसँग सहकार्य गरेर बेल्जियममा नेपाललाई प्रबर्धन गरिरहेको र आगामी दिनमा “एकतानै बल हो” भन्ने मुल मन्त्रलाई कार्यान्वयन गर्नका लागि बिभिन्न योजनाहरु तर्जुमा गरेको संघका अध्यक्ष चिरनकुमार खवासले बताउनुभयो । 

बेल्जियम युरोपको राजधानी रहेको र ८० प्रतिशत नेपाली होटल रेष्टुरेन्ट ब्यवसाय रकाममा संलग्न रहेको आँकडा छ । बेल्जियममा ८/९ हजारको संख्यामा नेपाली बसोबास गर्दै आएका छन् ।