• १३ साउन २०८१, आइतबार

साना उद्यमीको गुनासो

blog

काठमाडौँ, माघ ९ गते  ।  देशको कुल व्यवसायको झन्डै ९० प्रतिशत हिस्सा साना तथा मझौला उद्योगले ओगटे पनि सरकारले यस क्षेत्रका समस्या समाधान गर्न नसकेको गुनासो व्यवसायीले गर्दै आएका छन। साना तथा मझौला व्यवसायी महासङ्घको आइतबार भएको छलफलमा सहभागी व्यवसायीले यस्तो गुनासो गरेका हुन्।

महासङ्घका अध्यक्ष दीपकप्रसाद आचार्यले यस क्षेत्रलाई सरकारले धेरै नै उपेक्षा गरेकाले यस उद्यम तथा व्यवसायमा आबद्ध व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

छलफलमा निर्यात परिषद् नेपालका अध्यक्ष रेशमबहादुर पोखरेलले वर्षौंदेखि निर्यात क्षेत्रमा लागे पनि यस क्षेत्रका व्यवसायीका लागि सरकारले केही गर्न नसकेको आरोप लगाउनुभयो। 

महासङ्घका महासचिव डा. गोपालप्रसाद तिवारीले साना तथा मझौला उद्योग नेपालको अर्थतन्त्रको आधारशिला भएकाले निजी क्षेत्र र सरकारले संयुक्त रूपमा अघि बढ्नुपर्ने सुझाव दिनुभयो। उहाँले अहिले धेरै युवाले केही उद्योग गरौँ भनेर इच्छा जाहेर गरिरहेको अवस्थामा महासङ्घले त्यस्तो वर्गलाई समेटेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। तिवारीले साना तथा मझौला उद्योग नेपालको अर्थतन्त्रको आधारशिला भएकाले निजी क्षेत्र र सरकारले संयुक्त रूपमा अग्रसरता देखाउनुपर्ने औँल्याउनुभयो।