• १० पुस २०८२, बिहिबार

पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु

blog

काठमाडौं, माघ ८ गते। स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन र पूर्वाधार विकासलाई लक्षित गरिएको ‘पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम’ सुरु भएको छ। 

शनिबार काठमाडौंको गोकर्णेश्वर नगरपालिकाबाट उक्त कार्यक्रम सुरु भएको हो। शनिबार गोकर्णेश्वरको गोकर्ण शहिद निजामति पार्कमा पहिलो कार्यक्रम भएको हो। नेपाल टुरिजम प्रोमोसन (एनटीपी) मल्टिमिडिया ग्रुपको आयोजनामा कार्यक्रम भएको हो। 

नेपाल पर्यटन बोर्डको सहकार्य र गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालित कार्यक्रममा गोकर्णमा रहेको शहिद पार्कको निर्माण, व्यवस्थापन तथा पर्यावरणीय पर्यटनका विषयमा छलफल भएको थियो।

नेपाल नगरपालिका संघ र पर्यटन बोर्डसँग सहकार्य गरेर पहिलो चरणमा नेपालका सय वटा पालिकामा ‘पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिनेछ। 

काठमाडौं उपत्यकामा रहेका पालिकापछि विश्व सम्पदा सूचीमा रहेका पर्यटकीय क्षेत्र लगायत विभिन्न पालिकाका पर्यटकीय क्षेत्रमा पुगेर पर्यटन प्रवर्द्र्धनमुलक बहस कार्यक्रम गरिनेछ। पालिका पर्यटन प्रवर्द्धन कार्यक्रमपछि आउँदो वैशाखमा काठमाडौंको वसन्तपुरमा नेपाल पर्यटन महोत्सव’ हुनेछ।