• १२ असोज २०८१, शनिबार

श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु

blog

झापा, पुस २७ गते । झापाको अर्जुनधारा नगरपालिका वडा नं ९ खरबन्दिमा श्रीमानको लात्ती प्रहरबाट श्रीमतीको मृत्यु भएको छ । भोजपुर अरुण गाउँपालिका वडा नं १ घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका वडा नं ९ खरबन्दि स्थित बस्ने ३५ वर्षीय विश्वराज घिसिङले  निजको श्रीमती ३६ वर्षीय प्रमीला भुजेल घिसिङलाई लात्तीले प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । 

खाना नपकाएको कारण झगडा गरी लात्ती हान्दा पेटमा लागि घरमै मृत्यु भएको प्रहरीले जनाएको छ । घिसिङलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनि झापामा राखी थप अनुसन्धान सुरु गरेको छ ।