• १२ असोज २०८१, शनिबार

सर्वपक्षीय सहयोगबाट निर्वाचन सफल

blog

गोरखापत्र अनलाइन

ताप्लेजुङ, पुस २५ गते । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले सर्वपक्षीय सहयोगका कारण गत मंसिर ४ गते सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । 

सोमबार यहाँ आयोजित निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विगतको निर्वाचन इतिहासबाट सिकेका असल अभ्यासलाई समेत उपयोग गरेको कारण पनि निर्वाचन सहजरुपमा सम्पन्न भएको बताउनुभयो । 

जिल्लामा पहिलो पटक आयोजित निर्वाचन समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले भौगोलिक रूपमा दुर्गम ताप्लेजुङ्ग जिल्लाको निर्वाचन कार्यक्रम स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न भएको बताउनु भयो । 

कार्यक्रममा जिल्ला न्यायाधीश निर्मला योङया, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराई, उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्ले, कानून अधिकृत गोकुल भुजेललगायतको सहभागिता रहेको थियो ।