काठमाडौं, पुस २३ गते । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा युनाइटेडले इङ्लिस प्रिमियर लिग क्लब एभर्टनलाई ३–१ गोलले हरायो ।
युनाइटेडको जितमा एन्टोनी र मार्कस रासफोर्डले गोल गर्नुभयो । युनाइटेडले अर्को गोल एभर्टनबाट उपहार पाएको थियो । एभर्टनका कोनर कोडीले सान्त्वना गोल फर्काउनुभयो । एन्टोनीले चौथो मिनेटमा खाता खोल्नुभएको थियो । त्यसपछि १४औँ मिनेटका एभर्टनका कोनर कोडीले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
५२औँ मिनेटमा कोनर कोडीको प्रहार आत्मघाती गोल भएपछि युनाइट्डले पुनः अग्रता बनायो । दोस्रो हाफको इन्जुरी समयमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई सजिलै जिताउनुभयो । डिबक्सभित्र बेन गुडफ्रेले अलेहान्द्रो गर्नाचोलाई फल हानेपछि युनाइटेडले पेनाल्टीको मौका पाएको थियो । एजेन्सी