• १७ चैत २०८२, मङ्गलबार

कम्प्युटर अपरेटरविरुद्ध मुद्दा

blog

काठमाडौँ, पुस २३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादवविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।  

रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा उहाँविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ। यादवलाई सेवाग्राहीसँग पाँच हजार रुपियाँ घुस लिइसकेको अवस्थामा आयोगको टोलीले गत असोज ३१ गते नियन्त्रणमा लिएको थियो।