• १३ साउन २०८१, आइतबार

‘योगदानी व्यक्तित्व’प्रकाशित

blog

काठमाडौँ, पुस १९ गते । साहित्य, भाषा, कला, संस्कृति, शिक्षा, समाजसेवालगायत विभिन्न कर्ममार्फत समाज परिवर्तनका लागि योगदान दिइरहनुभएका व्यक्तित्वहरूको अनुभव र अभियानलाई पुस्तकका रूपमा प्रकाशित गरिएको छ। 

लेखक पद्म श्रेष्ठले सङ्गीत, चित्रकला, सरसफाइ, कृषि, शिक्षा, धर्म, योग, घोस्ट राइटिङ र सामाजिक संस्थामार्फत महिला श्रमिकका लागि काम गरिरहेका व्यक्तित्वहरूले नेपाली समाजका लागि आफ्नो तर्फबाट सहयोग र प्रेरित गरेर पु-याएको योगदानलाई ‘योगदानी व्यक्तित्व’ समाजका कुशल अभियन्ता शीर्षकको पुस्तकमा समेटेर प्रकाशित गर्नुभएको हो। 

नेपालका जातजाति, संस्कृति, जात्रा, पर्वका सम्बन्धमा अध्ययन गर्न रुचाउनुहुने लेखक श्रेष्ठले यस पटक दैनिक जीवनमा विविध पेसा, व्यवसाय गरेरै अन्यका लागि रोजगारी सिर्जना गर्ने, विविध दृष्टिले सम्पदा संरक्षण र शिक्षाका लागि सहयोग गरिरहेका समाजमा लुकेर रहेका उदाहरणीय व्यक्तित्वसँग साक्षात्कार गरी व्यक्ति स्वयंलाई आफ्नै महìव जानकारी दिने प्रयास गर्नुभएको छ भने त्यस्तै राम्रो कर्म गर्न अन्यलाई प्रेरित गर्नुभएको छ।