• १३ साउन २०८१, आइतबार

संस्कृति साझा गर्न विश्वव्यापी महोत्सव

blog

गोरखापत्र अनलाइन

काठमाडौं, पुस १४ गते । युवा नेतृत्वको संस्था एआईईएसईसी (एसोसिएसन इन्टरनेशनल डेस एटुडियन्ट्स एन साइन्सेस इकोनोमिकेस एट कमर्शियल) ले शुक्रबार काठमाडौंमा ‘ग्लोबल भिलेज’ कार्यक्रम आयोजना गर्न लागेको छ ।

आयोजक एआईईएसईसीका अनुसार यो कार्यक्रम संस्कृति र देशबीचको भिन्नतालाई एक मानवताका रूपमा मनाउने विश्वव्यापी महोत्सव हो । 

युवाहरूका लागि एक ठाउँमा आउन र विविधता साझा गर्ने, स्थानीयहरूसँग अन्तरक्रिया गर्ने, संस्कृति साझा गर्ने र शान्तिको विचार प्रवर्द्धन गर्ने अवसर हो।