• १३ साउन २०८१, आइतबार

‘जिगु म्ये, छंगु सः’ विमोचन

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, पुस १० गते । कवि रामभक्त कायस्थको नेपालभाषाको हाइकु सङ्ग्रह ‘जिगु म्ये, छंगु सः’ (मेरो गीत, तिम्रो स्वर) नेवा: आदिवासी राजनीतिक अभियानका संरक्षक डा. महेशमान श्रेष्ठ र च्वसा पासाका अध्यक्ष भूषणप्रसाद श्रेष्ठले रक्तकालीमा संयुक्त रूपमा विमोचन गर्नुभएको छ ।

नेपालभाषा साहित्य विकासको लागि प्रकाशित कृति पाठकसमक्ष पुर्‍याउन सहयोग गरिरहेको नेवा: पिथना गुथिको अध्यक्ष अमिररत्न ताम्राकारले बताउनुभयो ।

भाषा विकासको लागि साहित्यकारहरू पनि राजनीति रूपमा सचेत भएर लाग्न जरुरी रहेको प्रमुख अतिथि डा. श्रेष्ठले बताउनुभयो ।

कृतिकार कायस्थको करिब पाँच दशकदेखि करिब दुई हजार १७० वटा हाइकु तयार भइसकेको समीक्षक पूर्ण ताम्राकारले जानकारी दिनुभयो ।