• १६ चैत २०८२, सोमबार

आजको मौसमः हिमपातको सम्भावना

blog

काठमाडौं, पुस ८ गते । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा सामान्य बदली हुँदा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आंशिक बदलीसँगै तराईमा हुस्सु तथा कुहिरो लाग्ने जनाएको छ । 

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहनेछ। राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ ।